Live-Radio

L

i

v

e

सामाजिक सुरक्षा भत्ता वितरणमा जिविस को कडाइ

Published on Wednesday, 04 January 2017

उदयपुर २० पौष । उदयपुरमा विभिन्न गाविसमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता वितरणमा जिविस उदयपुरले कडाइ गर्न थालेको छ । विगतमा जिल्लाका विभिन्न गाविसमार्फत वृद्धवृद्धा तथा एकल महिला, अपाङ्गता आदिको नाममा वितरण हुँदै आएको सामाजिक सुरक्षाभत्ता फर्जी व्यक्ति वा मृत्यु भइसकेका व्यक्तिका नाममा समेत वितरण हुने पाइएपछि त्यसको कडाइका साथ छानबिन गरेर वितरणलाई पारदर्शी बनाउन थालिएको जिविसले जनाएको छ । छानबिनपछि कतिपय गाविसमा यसअघि फर्जी गरेर वा मृत्यु भइसकेका व्यक्तिका नाममा वितरण भएका सामाजिक सुरक्षा भत्तासमेत फिर्ता गर्न थालिएको जिविस, पञ्जीकरण शाखाका प्रमुख खड्गकुमार खड्काले बताउनुभयो । जिल्लाका ४० गाविसमा अहिले लगभग १५ हजार ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति छन् ।