हिमाली बस्तीमा बाक्लो हिमपात

उदयपुर, १८ पुष । तिनदिनदेखी अत्याधिक वढेको चिसो र सामान्य बर्षाले देशभरको जनजिवन कष्टकर बनेको छ । चिसो बढेका बेला हिमाली भेगमा हिउ पर्न थालेपछि जनजिबन थप कष्टकर बनेको हो । चिसोका कारण बृद्धबृद्धा र बालवालिकालाई थप समस्या भएको छ । चिसोको समयमा तातोखाने कुरा खान र बिहान साझ घरबाहिरका काम नगर्न डाक्टरहरुले सल्लाह दिएका छन् । उता तराईका केहि जिल्लाहरुमा विद्यालय बन्द गरीएको छ । भने हिमाली जिल्लामा हिमपात सुरु भएको छ ।  सोलुखुम्बुको हिमाली बस्तीमा सोमवार निकै बाक्लो हिमपात भएको जनाईएको छ ।  हिमपातसँगै अत्यधिक चिसो बढ्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसैबीच सोलुखुम्बुमा तीन महिनापछि पानी पर्दा कृषक भने खुसी भएका छन् । गहुँ, जौलगायतका हिउँदे बाली सुक्न लागेको बेला पानी पर्दा खुसी भएको कृषक कुवीर राईले बताउनुभयो  ।