Live-Radio

L

i

v

e

स्थानीय तहको निर्वाचनको लागि कांग्रेसको गाउजागरण

Published on Wednesday, 04 January 2017 Written by Radioamurta

धनकुटा २० पौष । संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं। १ धनकुटाले संचालन गरेको गाउ जागरण अभियानको आज सांसद मनोहर नारायण श्रेष्ठले धनकुटाको आखिसल्ला र छिन्ताङ्गमा छुट्टा छुट्टै कार्यक्रमका विच उद्घाटन गर्दै संविधान निर्वाचनका लागि तिनै तहको निर्वाचन गर्नु पर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेस धनकुटा क्षेत्र नं। १ का सभापति जितेन्द्र राईको अध्यक्षतामा संचालन भएको जागरण अभियानको उद्घाटन कार्यक्रमहरुमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,सविच विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य भूपेन्द्र भण्डारी,महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी लगायतले संविधान कार्यन्वयनका लागी कांग्रेस स्थानीय तहको निर्वाचनका लागी तयार रहेको वताउनु भयो । नेपाली कांग्रेसका क्षेत्रिय सदस्य बुद्ध तितुङ्ग तामागले स्वागत मन्तव्य व्यक्त गर्नु भएको आखिसल्लामा भएको कार्यक्रममा ,शिक्षक संघका धन कुमार राई,तरुण दल धनकुटा उपाध्यक्ष धिरज साम्बो,सचिव नरेन्द्र राई,नेपाली कांग्रेस आखिसल्ला गाउ कार्यसमितिका सभापति तोर्ण खड्का,उपसभापति चन्द्रमान राई,दलित संघका धन वहादुर परियार लगायतले निर्वाचनका लागी कांग्रेसको संगठन सशक्त र क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो । यसैगरी क्षेत्रिय सदस्य अशोक राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको छिन्ताङ्ग गाविसको कार्यक्रममा नेपाली कांग्रेस छिन्ताङ्ग गाउ कार्य समितिका सभापति लक्ष्मण राई,पूर्व सभापति दुर्गा विष्ट,पूर्व महासमिति सदस्य शिव कुमार राई लगायतले स्थानीय तहको निर्वाचनका लागि गाउ गाउ र वडा वडामा अभियान संचालन गर्ने वताउनु भयो । यस्तैगरी सांसद तथा नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति मनोहर नारायण श्रेष्ठ लगायतका कांग्रेस धनकुटाका नेताहरुले खोकु गाविस स्थित जिवन सुधालय माविका विद्यार्थीहरुका लागी स्टेशनरी सामाग्री र सेनेटरी प्याड आजै विद्यालयको प्रधानाध्यापक छत्र राईलाई हस्तानतरण गर्नु भएको थियो ।