Live-Radio

L

i

v

e

निर्वाचनमा होमिन कांग्रेस सभापतीको आग्रह

Published on Monday, 02 January 2017 Written by Radioamurta

उदयपुर, पौष १९ । नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नतेले अब चाडै स्थानीय तहको निर्वाचनको माहोल सृजना हुदै गएकाले निर्वाचनको वातवरण बनाउनका लागि कार्यकर्तालाई त्यस तर्फ होमिन आग्रह गरेका छन् । उनले संविधान अनुसार अब निर्वाचन हुन नसके देश संबिधान विहिनताको अबस्थामा पुग्ने भन्दै कार्यकर्ताहरुलाई संविधान कार्यान्वनको लागि निर्वाचनको वातवरण तयार पार्नका लागि गाउँ गाउँमा जागरुक भएर तयार भएर बस्नका लागि आग्रह गरेका छन् । सभापती बस्नेतले नेपाली कांग्रेस सबैलाई एक ठाउँमा राखेर अघि बढ्ने पार्टी भएकाले कांग्रेस संबिधानको रक्षा गर्न लाग्ने भएकाले सबैलाई निर्वाचनको तयारीमा लाग्नका लागि आग्रह गरेका हुन् । त्रियुगा नगरपालिका ८ नम्वर वडा कमिटिले सोमबार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सभापती बस्नेतले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरको संस्थापक सचिव समेत रहेका शम्भु बस्नेत सहित आधा दर्जन विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुमा राप्रपाबाट तेज प्रसाद कोइराला, एमाले परित्याग गरि दिपक कुमार विक, लंकमान तामाङ, अर्जुन पराजुली र खेमराज दाहाल रहेका छन् । यता केहि दिन अघि मात्रै कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका त्रिनपा ८ बगाहकै प्रकास कटुवाल पनि कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई सभापती बस्नेत लगायतले अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर राउत, क्षेत्र नम्बर २ का सभापती बसन्तकुमार बस्नेत, जिल्ला कमिटि सदस्य मदनराज कटुवाल, आदिवासी जनजाती संघ उदयपुरका उपसभापती तथा प्रेस युनियन सचिव विश्वराज तामाङ लगायतले कार्यक्रममा कांग्रेसको संगठनलाई सुदृढिकरण गरेर अघि बढ्नका लागि आग्रह गरेका थिए । स्थानीय तहको निर्वाचनको मिति घोषणा मात्रै बाकी रहदाँ कांग्रेसले जिल्लाको हाल रहेको तीनै निर्वाचन क्षेत्रमा पार्टीको क्रियाशिलता बढाउनका लागि गतिविधि संचालन गर्नका लागि निर्देशन दिईएको सभापती बस्नेतले बताए । यता त्रियुगा नगरपालिका क्षेत्र संगै जिल्लाका विभिन्न स्थानमा  पार्टीको कार्यक्रमहरु भैरहेको उदयपुर कांग्रेसले जनाएको छ ।